काठमाडौं,२६ बैशाख नेपालमा शुक्रबार थप १ जनामा कोरोना पुष्टि भएको छ यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले शुक्रबार नियमित व्रिफिङका क्रममा नेपालगन्जका १६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको बताए ।
हालसम्म काेराेना संक्रमण भएका ३० जना निकाे भएका छन्। जसमध्ये तीन जनामा पुन: काेराेना पाेजेटिभ देखिएकाे छ।

