काठमाडौ, २८ बैशाख । कोरोना भाइरस (कोभिड १९) का कारण विश्वमा हालसम्म २ लाख ८० हजार ४ सय ४५ जनाको मृत्यु भइसकेको छ । कोरोनाबाट विश्वमा ४१ लाख एक हजार ९ सय ८३ जना संक्रमित भइसकेको छ ।
भाइरसका कारण अमेरिकामा हालसम्म ८० हजार ४० जनाको मृत्यु भइसकेको छ । १३ लाख ४७ हजार ३ सय ९ जना कोरोना संक्रमित देखिएका छन् । पछिल्लो २४ घण्टा भित्र २५ हजार ५ सय २४ जना संक्रमित भएका छन् भने १ हजार ४ सय २२ जनाको मृत्यु भएको वल्डोमिटरमा उल्लेख गरिएको छ ।

भारत यतिबेला कोरोना संक्रमण जोखिमको हिसाबले १४ स्थानमा देखिएको छ । भारतमा ६२ हजार ८ सय ८ जना संक्रमित पुगेको छ भने २ हजार १ सय १ जनाको मृत्यु भइसकेको छ ।

