adv

बिराटनगरबाट झापा र भोजपुरका २ कोरोना संक्रमित निको भएर डिस्चार्ज भए

विराटनगर,२८ बैशाख । प्रदेश १ को विराटनगरबाट थप दुई जना कोरोना भाइरसबाट संक्रमितहरू निको भएका छन् । उनीहरु अस्पतालबाट डिस्चार्ज भएका छन्।

निको हुनेहरु भोजपुर र झापाका रहेका छन् । उनीहरु  विराटनगरको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा वैशाख १० र १२ गते  भर्ना भएर उपचार गराइरहेका  थिए ।

भोजपुरका २७ वर्षीय युवक १० वैशाखमा अस्पताल भर्ना भएका थिए । झापा दमकका ६३ वर्षीय वृद्धलाई १२ वैशाखमा कोरोना देखिएपछि कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए ।

कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रका चिकित्सक दीपक सिग्देलले जानकारी दिए ।

प्रदेश १ मा संक्रमितको संख्या ३५ छ । जसमा १६ जना डिस्चार्ज भएका छन् भने १९ जनाले उपचार गराइरहेका छन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु