adv

नेपालमा थप १० जनामा कोरोना पुष्टि, संक्रमित संख्या १२० पुग्यो

काठमाडौ, २९ बैशाख । नेपालमा थप १० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौको प्रयोगशालामा गरिएको परिक्षणमा थप १० जनामा कोरोना पुष्टि भएको हो । थप संक्रमितहरु कपिलवस्तु यशोधरा गाउँपालिका ५ र बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० वस्ने १८, १९, २०, २०, २४, ३० , ३१, ३४ र ३४ वर्षीय पुरुषहरु रहेका छन् भने । एक जनाको पुरुषको उमेल नखुलेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पिसिआर प्रविधिबाट १६ हजार ९ सय ८ जनाको परिक्षण गरिसकिएको छ । जसमा १ सय २० जना संक्रमित देखिएकोमा ३३ जना भने निको भएर घर फर्किसकेको छ । हालसम्म कोरोनाका कारण नेपालमा भने मृत्यु भएको छैन ।

गत चैत्र ११ गते देखि गरिएको लकडाउनलाई केहि खुकुलो गर्न गरी सरकारले ४४ प्रकारका उद्योग तथा कार्यालयहरु खुल्ला गर्ने निर्णय गरेको छ । तर नेपालमा संक्रमित संख्या भने दिनानुदिन बढिरहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु