कठमाडौ, २९ बैशाख । भारतीय विस्तारवादी हस्तक्षेप विरुद्ध युवा कम्युनिष्ट लिग केन्द्रीय समितिले विज्ञप्ती जारी गर्दै विरोध जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी निकट वाइसीएलले विज्ञप्ती जारी गर्दै ओली सरकारको असक्षमता र लाचारीको कारण हाल देश र जनताले समस्या भोग्नु परेको आरोप लगाएको छ ।
कोरोना भाइरस संकटसँग लडिरहेको बेला विस्तारवादी भारतले लिपुलेकमा सडक उद्घाटन ग¥यो । तर, नेपाल सरकार त्यसको कुटनीतिक पहल नगरी रहस्यमय मौनता साँधेर झन भारतको दलाली गर्न लागेको वाइसीएलले आरोप लगाएको छ ।

सीमाको विषयमा सरकार कुटनैतिक पहल गर्नुको साटो रहस्यमय मौनता साँधेर झन भारतको दलाली गरेको र सरकारको यही लाचारीपनको फाइदा उठाउँदै भारतीय विस्तारवादको हस्तक्षेप नरोकिएको वाइसीएलका कार्यवहाक अध्यक्ष दुमी राईद्वारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्ती
विस्तारवादी हस्तक्षेप, जनजीविका र सरकारी मौनता बारे ।
खड्क ओली सरकारको असक्षमता र लाचारीको कारण हाल देश र जनताले भोग्न बाध्य हुनु परेका समस्या र संकटबारे युवा कम्युनिष्ट लिगको गम्भीर ध्यानाकर्षण भएको छ ।
१. विश्व कारोना संकटसँग लडिरहेको मौका छोपि विस्तारवादी भारतले हालै हाम्रो सामरिक महत्व भूमि लिपुलेकमा सडक संचालन ग¥यो । उसले यसअघि नै यो भूमि आफ्नो राजनीतिक नक्सामा पारेको विषय र सडक खनिरहेको विषय सरकारलाई बोध भएपनि सरकार कुटनैतिक पहल गर्नुको साटो रहस्यमय मौनता साँधेर झन भारतको दलाली गर्न थाल्यौ । सरकारको यही लाचारीको कारण भारतीय विस्तारवादको हस्तक्षेप रोकिएन । वाइसीएल यो सीमा समस्या कूटनीतिक तवरले यथाशीघ्र हल गर्न सरकारको ध्यानाकर्षण गर्दछ । साथै आफ्ना नागरिकको ज्यान बनाउनु छाडी अर्काको भूमि डकैती गर्नपट्टी नलाग्न भारतीय विस्तारवादलाई चेवावनली गर्दछ ।
२. लकडाउन कोरोना विरुद्धको अभियानलाई सहज गर्ने माध्यम मात्रै हो । लकडाउनले मात्रै कोरोना निर्मूल हुँदैन । त्यसैले देशलाई लकडाउन गरेर फोहोरी संसदीय राजनीतिक र कमिसनको खेलमा नलागी कोरोना परीक्षणलाई तिव्रता दिएर देशलाई चाँडो लकडाउन मुक्त पार्नपट्टी लाग्न सरकारको ध्यान जाओस् ।
३. दैनिक मजदुरी गरेर गुजार चलाइरहेका लाखौ जनता लकडाउनको कारण चर्को संकटमा छन् । उनीहरुलाई दैनिक छाक टार्नै मुस्किल भइरहेको अवस्थालाई गम्भीर रुपमा लिएर अभिभावकको भूमिका निभाउन सरकार अग्रसर होस् ।
४. कोरोना महामारीको कारण विदेशमा मजदुरी गर्ने लाखौ युवाहरु ऋहिले चरम संकटमा छन् । सबैलाई अवगत छ, लकडाउन अघिसम्म रेमिट्यान्स पठाएर देशको अर्थतन्त्र धान्न्े यिनै युवाहरु हुन् । आज उनीहरु संकटमा पर्दा सरकार मुकदर्शक भएर बस्न मिल्दैन । त्सैले विदेशमा संकट झेलिरहेका नेपाली श्रमिकको उचित व्यवस्थापनको लागि सरकार गम्भीर बनोस् ।
अन्यथा दश र जनताको संकट झेलिरहेको मौका छोपी विदेशी प्रमु रिझाउने, राजनीतिक षढ्यन्त्र र अपराज गर्ने, कमिसनको धाउन्नमा लाग्ने कुकुत्व मात्रै हुने हो भने जनसंघर्षको आँधीवेहरीबाट खड्ग ओलीलाई यो देशमा अर्को नागार्जुन पनि भेटिन नसक्ने हालतबारे वाइसीएल सचेत गराउन चाहान्छ ।
भोकै–नांगै कैयौ जनताले हप्तौ पैदल हिडेर घर जान बाध्य हुनु परेको बदलमा विदेश र सीमामा नेपाली श्रमिकले झेल्नु परेको संकटको बदलामा, स्वास्थ्य सामग्रीमा कमिसन, सांसद अपहरण र भ्रष्टाचारको बदलामा खड्ग ओली सरकारले यसै पनि चर्को मूल्य चुकाउनु त छ नै । फेरि देश र जनताको जिम्म लिएर यति विदी कर्तव्य विमुख भई बस्ने हो भने निकै अकल्पनीय परिणामको सामना गर्नुपर्ने छ ।
क्रान्तिकारी अभिवादन सहित ।
प्रकाश दुमी राई
कार्यवाहक अध्यक्ष

