काठमाडौ, २९ बैशाख । नेपालमा थप १ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको प्रयोगशाला गरिएको परीक्षणमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ का १८ वर्षीय युवक रहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ ।

