काठमाडौँ, ३० बैशाख । नेपालमा ४ जना पत्रकारलाई पनि कोरोना संक्रमणको पुष्टि भएको छ । पर्सामा मंगलबार एकैपटक कोरोना भाइरस (कोभिड – १९) को संक्रमण पुष्टि भएका ३९ जनामध्ये ४ जना पत्रकार रहेका छन् ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले चार जना पत्रकारलाई कोरोना संक्रमण भएको जानकारी दिए ।

नेपालमा पत्रकारमा संक्रमण देखिएको यो पहिलो पटक हो।
देशभर आज ५७ जना केश पोजेटिभ देखिँदा पर्साका ३९ जना र पर्साका १ जना रहेका छन् । यस्तै कपिलवस्तु र रुपन्देहीमा क्रमश ८ र ९ जनामा संक्रमण देखिएको छ । यो संगै देशभर कुल संक्रमितको संख्या १९१ जना पुगेको छ ।

