adv

काँकरभिट्टा खानेपानीको २ महिनाको महसुलमा बिशेष छुट

काँकरभिट्टा ,३० बैशाख । झापाको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले आफ्ना उपभोक्ताको हितलाई ध्यानमा राखेर दुई महिनासम्मको ७ यूनिटको पानीको महशुलमा छुट दिने निर्णय गरेको छ ।

संस्थाको मंगलबार बसेको बैठकले बैशाख र जेठ महिनामा उपभोक्ताले खपत गरेका कुल यूनिट मध्ये प्रति उपभोक्ता ७ यूनिटसम्म वापतको महशुल रकम छुट दिने निर्णय गरेको संस्थाका अध्यक्ष हर्कबहादुर फियाकले बताए ।

कोरोना भाईरसको सक्रमण देखिएपछि लागू गरिएको लकडाउनको (वन्दाबन्दी) अवस्थालाई मध्यनगर गर्दै खानेपानी संस्थाले उपभोक्तालाई राहत दिन प्रति यूनिट १७ रुपैयाँका दरले एकजना उपभोक्ताले १ सय १९ रुपैयाँ छुट पाउने छन् । कुल ६ हजार उपभोक्ताले एकमहिनामा ७ लाख १४ हजार र दुई महिनामा १४ लाख २८ हजार छुट पाउने अध्यक्ष फियाकले बताए ।

साथै चैत ११ देखि  लकडाउन भए यता लकडाउन नसकिएसम्मको अवधिको खानेपानी महशुलको जरिवाना शुल्क समेत छुट गर्ने निर्णय गरेको संस्थाका कार्यालय प्रमुख दिपक पोखरेलले जानकारी दिए ।

संस्थाले कोरोना भाइरस कोभिड १९कै कारण सरकारले घोषणा गरेको लकडाउनका कारण बिपन्न ,दैनिक ज्यालादारी मजदुरहरुलाई राहतको लागि  मेचीनगर नगरपालिकाको दैविक प्रकोप व्यवस्थापन कोषमा नगद १ लाख र आफ्नो क्षेत्रमा पर्ने विभिन्न ५ वटा वडामा १ लाख रुपैंया सहयोग गरेको संस्थाका कोषाध्यक्ष दिलीप सुवेदीले जानकारी दिए  ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु