काठमाडौं,३० बैशाख । कोरोना भाइरसका कारण यूएईमा मंगलबार मात्रै दुई जना नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा युएईको आबुधाबीमा एक रेष्टुरेन्टमा काम गर्ने अर्घाखाँचीका ३९ वर्षका र यूएईकै अलऐनमा नेपालको ठेगाना नखुलेका अर्का एक युवाको ज्यान गएको हो ।
पछिल्लो समय यूएईमा कार्यरत नेपालीमा कोरोना सङ्क्रमण बढे पनि राष्ट्रियता नखुलाउँदा दूतावासले सङ्क्रमित नेपालीको यकिन विवरण दिन सकेको छैन ।


