काठमाडौँ,३० बैशाख । नेपालमा २६ जना नयाँ संक्रमित भेटिएसँगै कोरोना भाइरस संक्रमितहरुको संख्या २१७ पुगेको छ।
मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २१७ पुगेको हो ।
मंगलबार संक्रमण पुष्टि भएकाहरुमध्ये पर्साका १८, महोत्तरी, धनुषा र भक्तपुर २/२ तथा काठमाडौं र सर्लाहीमा एक/एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधकारीले जानकारी दिएका छन् ।

रास्ट्रीय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौंमा गरिएको परिक्षण अनुसार पुष्टि भएका पर्षा निवासी २२,२८,२८,३२,४५,६०,बर्षीय महिलाहरु र १६,२२,२४,२५,२८,२८,३२,५९,५५,६१,६१ बर्षीय पुरुषहरु ,,महोत्तरी जिल्ला निवानी १६,३५ बर्षीय पुरुषहरु ,धनुषा निवासी २ओ बर्षीय महिला र ४० बर्सिय पुरुष,भक्तपुर निवासी २५ बर्षीय महिला र २७ बर्षीय पुरुष काठमाडौं जिल्ला निबासी ३३ बर्षीय महिला,सर्लाहीका ४५ बर्षीय पुरुष रहेका छन् ।
सबैको स्वास्थ्य सामान्य रहेको र स्वास्थ्य कर्मिको सम्पर्कमा रहेको बताईएको छ ।

