झापा, ३१ वैशाख । झापाको दमक स्थित हरिओम कोलोनी मार्गमा अहिले विहान सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
आज विहान ८.१५ वजे तिर को.१ ख.५५२४ नम्बरको ट्रिपरको ठक्करबाट दमक नगरपालिका वडा नम्बर १ श्रीपाली टोलका १६ वर्षिय सोवित दर्जीको ज्यान गएको ट्राफिक प्रहरी कार्यालय दमकका प्रहरी नायव निरीक्षक यज्ञराज शर्माले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा संलग्न टिफर र त्यसका चालक जिल्ला मकवानपुर घर भएका ५१ बर्षिय केदार प्रसाद पुलामीलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

