काठमाडौं , ३१ वैसाख । सत्तारुढ पार्टी नेकपाको आज बस्ने भनिएको स्थायी समितिको बैठक स्थगित भएको छ ।नेकपाका स्थायी समिति सदस्य भीम रावलको सुरक्षागार्डलाई कोरोना संक्रमण देखिएकाले बैठक स्थगित गरिएको बताइएको छ ।
सांसदको पिसिआर विधिबाट कोरोना संक्रमण भए नभएको परीक्षण गरिएको भएपनि पार्टीका सबै नेताको परीक्षण नभएकाले बैठक स्थगित गरिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जनाकारी दिए ।

सरकारले अध्यादेश जारी गरेपनि नेकपामा विवाद हुँदै आएको थियो । २० जना स्थायी समिति सदस्यले बैठक बोलाउन माग गरेपनि बैठक हुन सकेको थिएन । एजेण्डा तय नहुँदा वैसा २५ गतेको बैठक बसेको थिएन । तर, भारतले नेपाली भूमि अतिक्रण गरी लिपुलेकमा सडक बिनाएको र नीति कार्यक्रमका सन्दर्भमा छलफल गर्न आज स्थायी समितिको बैठक आयोजना भएको थियोे ।

