काठमाडौं ,३१ बैशाख । मंगलबार भक्तपुरमा देखिएका दुईजना कोरोना संक्रमितमध्ये २५ वर्षीय महिला सुनसरीबाट आएको खुलेको छ।
तीन दिन अघि उनी सुनसरीको झुम्काबाट भक्तपुर आएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताए ।
संक्रमित युवतीकी साथी स्टाफ नर्स रहेको र उनलाई पनि निगरानीमा राखेर परीक्षण गर्ने तयारी गरिएको छ। थप विवरण लिने काम भइरहेको छ।
यस्तै भक्तपुरकै अर्का संक्रमित २७ वर्षीय पुरुष दुवाकोटको रहेको खुलेको छ। तर उनमा कसरी संक्रमण सर्यो भन्ने कुरा प्रष्ट हुन सकेको छैन।

उनले आफू कतै बाहिरबाट पनि नआएको बताएका छन्। अहिले उनको परिवारलाई सिल गरिएको छ। युवकलाई भने हिजै टेकु अस्पताल भर्ना गरिएको छ।
दुबै संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङको काम अगाडि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी सविन प्रधानले जानकारी दिए।
उनिहरुसंग सम्पर्कमा आएका र अन्य हिस्ट्री लिने काम भइरहेको बताए ।
मंगलबार भक्तपुरका दुई जना र काठमाडौंका एकजना गरी ८३ जना व्यक्तिमा संक्रमण देखिएको थियो। जसमा १८ जना पर्सा, २ जना धनुषा, २ जना महोत्तरी र एकजना सर्लाहीका छन्।

