नगरपालिकाको स्वास्थ्य शाखाको पहलमा विदेशबाट फर्केर होम क्वारेन्टिनमा र सामुदायिक क्वारेन्टिनमा रहेका धेरैलाई र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) र पोलिमिरेस चेन रियाक्सन (पीसीआर) दुबै माध्यमबाट गरिने परीक्षणका विधिबाट परीक्षण गरेको थियो ।
शाखा संयोजक शशीकला राईका अनुसार बैशाख ३१ गतेसम्म स्वास्थ्य कार्यालय झापाको स्वास्थ्यकर्मीको टोेलीसँग मिलेर ५६ जनाको पोलिमिरेस चेन रियाक्सन (पीसीआर) विधिबाट तथा नगरपालिकाको स्वास्थ्य शाखाले २ सय १० जनाको डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना भाइरसको एन्टीबडी परीक्षण गरेको थियो ।

यसैगरी मलेरिया १ सय ११ जना र एकजनाको एचआइभि परीक्षण गरेको संयोजक राईले जानकारी दिईन् । छिमेकी मुलुक भारतमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमित तथा मानिसको मृत्यु संख्या बढ्न थालेपछि भारतको पश्चिम बंगाल राज्यसँग सीमाना जोडिएको मेचीनगर नगरपालिकाले स्वास्थ्यकर्मीसहितको टोेली परिचालन गरेर घरदैलो अभियान शुरु गरेको थियोे ।
ल्याब टेक्निसियन टीकाराम ढकाल, ल्याब असिष्टेन्ट अनिमा राजवंशीसहितको प्राविधिक टोलीले रगतबाट गरेको उक्त परीक्षणको रिपोट आधिकारीकरुपमा स्वास्थ्य कार्यालय झापाले दिने संंयोजक राईकोे भनाई छ । समाचार स्रोतका अनुसार सवैजनाको परिणाम नेगेटिभ आएको छ ।
शाखा संयोजक राईको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले वडाका घर घर पुगेर घरदैलो अभियान अन्तर्गत र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) विधिबाट कोरोना भाइरसको एन्टीबडी परीक्षण शुरु गरिएको र यसलार्ई निरन्तरता दिने नगर प्रमुख विमल आचार्यले बताए ।


