काठमाडौं,३१ बैशाख । कपिलबस्तुमा बुधबार थप एकजनामा कोरोना भाइरस को संक्रमणको पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संकमितको संख्या २१९ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा भएको परीक्षणमा कपिलवस्तु नगरपालिका–५ का २२ वर्षे युवामा कोरोनाको संक्रमण पुगेको हो ।
यसअघि बुधबार नै बाँकेका ३६ वर्षका कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो ।


