
झापा,३१ बैशाख । झापा अर्जुनधाराका स्थानीय युवा तेक्वान्दोका राष्ट्रिय खेलाडी दिपेन धिमालको अग्रसरता र पहलमा ६५ परिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारि लकडाउनका कारण बिपन्न तथा दैनिक ज्यालादारी मजदुरी गर्ने अर्जुनधारा ९ का ६५ परिवारलाई खाद्यान्न राहत सामग्री वितरण गरिएको हो ।
प्रत्येक परिवारलाई १२ केजी चामल,१ केजी दाल,१ लिटर तेल,१ केजी चिउरा र १ केजी सोयाबिन मंगलबार र बुधबार वितरण गरिएको खेलाडी धिमालले बताए ।

उनलाई विभिन्न क्रियाशील सहयोगी संघसंस्था, साथै राजिब धिमाल,योगेस थापा,बिकाश बस्नेत ,सानु थापा मगर,संदेश श्रेष्ठ ,रमेश सेर्पा,योगेश लिम्बु,बप्पा शाह र कन्चन लिम्बु जस्ता युवा व्यक्तित्वहरुले राहत जुटाउन सहयोग पुर्याएको बताए ।
सहयोगी सम्पूर्णलाई धन्यबाद दिदै कोहि परिवारलाई राहतको खाचो परेमा आफ्नो सम्पर्क नम्बर ९८०४९०३०३३ मा सम्पर्क गर्न समेत आग्रह गरे ।
विभिन्न सामाजिक कार्यमा सक्रिय धिमाल बन्दाबंदिको यो समयमा येसरी आफुले सकेको सहयोग गर्न पाउदा आफु हर्सित भएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताउछन् । यो भन्दा अगाडी पनि उनकै पहलमा २२ परिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ ।

