adv

नेपालमा थप २४ जनामा काेराेना पुष्टि, संक्रमित संख्या २४३ पुग्याे

काठमाडाै, ३१ बैशाख । नेपालमा थप २४ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । नेपालमा काेराेना संक्रमित संख्या २ सय ४३ जना पुगेकाे छ । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडाैकाे प्रयाेगशालामा परिक्षण गरिएकाेमा थप २४ जनामा देखिएकाे हाे ।

आज बुधबार मात्र थप २६ जनामा काेराेना संक्रमण देखिएकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ जनामा रूपन्देही जिल्ला निवासी २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, ४१ वर्षीय पुरूषहरू रहेका छन् भने ४, १०, २८ वर्षीय महिलाहरू रहेका छन् ।

त्यस्तै कपिलवस्तु निवासी २२, २९, ३२, ४०, ४०, ४०, ४२, ४२ पुरूषहरू रहेका छन् । पर्सा ३६ र ७४ वर्षीय पुरूषहरू र ३६ वर्षीय महिला रहेका छन् भने नवलपरासी निवासी ३६ वर्षीय पुरूष रहेकाे मन्त्रालयले जनाएकाे छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु