इलाम, १ जेष्ठ । इलामबाट काेराेना भाइरस (काेभिड १९) परिक्षणका लागि पठाइएकाे स्वाब परिक्षण नेगेटिभ आएकाे छ ।
इलाम अस्पतालकाे आइसुलेशनमा उपचार भइरहेका फाकफोक थुम गाउँपालिका वडा नं. २ का ३७ वर्षीय पूर्णबहादुर तामाङ्ग र ३५ वर्षीया शान्तिदेवी तामाङ्गको रिपाेर्ट नेगेटिभ आएकाे इलाम अस्पताले जनाएकाे छ ।
दुबै जनाको स्वाब परीक्षणका लागि स्वाब परीक्षणका लागि बैशाख ३० गते प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएको थियो । निजहरुको रिपोर्ट विहीबार आएको इलाम अस्पतालले जनाएको छ ।


