काठमाडौं, १ जेठ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बिहिबार पुनः ५ जना थप भएकाे संक्रमित भने पुरानै संक्रमित रहेकाे छ । यसअघि २५० जना कोरोना संक्रमितको आँकडा सार्वजनिक गरेको मन्त्रालयले फेरि अर्काे सूचना निकालेर संक्रमितको संख्या २ सय ४५ नै रहेको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि सार्वजनिक गरेको सूचनामा ५ जना संक्रमित प्राविधिक त्रुटिबस दोहोरिएको भन्दै आँकडा सच्याएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार बिहान ७ः४५ बजे सुचना जारी गर्दै थप ५ जनामा काेराेना पुष्टि भएकाे भनेर जानकारी गराएकाे थियाे । तर, मन्त्रालयले बिहान १०ः१५ बजे पुन सुचना जारी गर्दै ५ जना पुरानै संक्रमित रहेकाे जनाएकाे छ ।


