adv

नेपालमा थप ३ जना नयाँ संक्रमित थपिए,जम्मा संक्रमित संख्या २४९

काठमाडौं,१ जेष्ठ । नेपालमा थप ३ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धनुषा र धादिङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिला संक्रमित भएका मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।

यसअघि नै बिहिबार मात्र  तीन जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु