adv

कोरोनाबाट बेलायतमा हालसम्म ६१ नेपालीको मृत्यु

 काठमाडौं,२ जेष्ठ । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा मृत्यु हुने नेपालीको संख्या ६१ पुगेको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायतका नेपालीमा भएको कोरोना संक्रमणसम्बन्धी एक तथ्यांक सार्वजनिक गर्दै ६१ नेपालीको मृत्यु भएको जनाएको  हो।

७ सय ४७ जना नेपालीमा कोरोनाको संक्रमण भएको एनआरएनए यूकेले बताएको छ। उनीहरुमध्ये उपचारका लागि अस्पतालमै भर्ना भएका १ सय १५ छन् भने ३७ जना उपचारपछि निको भएर घर फर्किएका तथ्यांकले देखाएको छ ।

नेपाली दुतावास लन्डनबाट यसअघि ६० जना नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु