adv

कोरोना संक्रमित व्यक्ति भागे गोली हान्ने आदेश

काठमाडौं,२ जेष्ठ । जिल्ला प्रशासन कार्यालय पर्साले कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागेमा आवश्यक बल प्रयोग गर्न तथा गोली समेत हान्न आदेश दिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साको बिहीबार बसेको बैठकले कोरोना संक्रमित व्यक्ति भागेमा गोली समेत हान्न सक्ने  सुरक्षा निकायलाई अधिकार प्रदान गरेको हो ।

बुधबार नारायणी अस्पतालबाट दुईजना कोरोना संक्रमित फरार भएका थिए । शौचालय गएका उनीहरु शौचालयको भेन्टिलेटर फोरेर भागेका थिए । उनीहरुलाई प्रहरीले बुधबार साँझ नै नियन्त्रणमा लिएको थियो ।

उक्त घटनापछि प्रशासनले संक्रमित व्यक्ति भागेमा आवश्यक बल प्रयोग गरेर अर्थात गोली नै हानेर भए पनि नियन्त्रणमा लिन आदेश दिएको हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु