adv

कपिलवस्तुमा थप ३ मा कोरोना पुष्टि ,नेपालमा संक्रमित संख्या २७६ पुग्यो

काठमाडौँ – कपिलवस्तुका थप तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या २७६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा भैरहवामा भएको परीक्षणमा कपिलवस्तुको चन्द्रौटाका तीनजनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमा शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ वर्षका पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन् ।

यसअघि शनिबार बिहान जारी गरेको विज्ञप्ति मार्फत ६ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो । शनिबार संक्रमण पुष्टि हुनेहरुमा बर्दिया, सिरहा, पर्सा, सर्लाही र चितवनका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु