adv

पहिलो विश्वव्यापी अनलाईन एकल पालम गायन प्रतियोगिता हुने

झापा,३ जेष्ठ । याक्थुङ कल्चरल ग्रुपले ‘पहिलो विश्वव्यापी अनलाईन एकल पालम गायन प्रतियोगिता’ आयोजना गर्ने भएको छ  ।

संस्कृति संरक्षणसंगै विश्वव्यापी कोरोना महामारीको कारण उत्पन्न लकडाउनको समयलाई सदुपयोग गर्दै प्रतिगोयिताको आयोजना गर्न लागेको हो ।

प्रतियोगीले पालम बिशुद्द लिम्बू भाषामा हुनु पर्ने, गैरलिम्बू भाषा प्रयोग गरिए स्वतः खारेज हुने आयोजक समितिका सदस्य उत्तम खजुमले बताए।

खजुमका अनुसार जेठ १५ गते साँझ ६ बजेदेखि प्रत्येक दिन पालमहरू आधिकारिक पेज याक्थुङ कल्चरल ग्रुप र नयाँ अनलाइन टिभी युट्युवमा अपलोड गरिने छ ।  त्यसको लागि पहिले रेकर्ड नगरिएको पालम जुनसुकै ‘मुई’को गाउन सकिने, पालम पठाउँदा स्पष्ट अनुहार देखिने गरि ल्याण्डस्केपमा कम्तिमा ५ मिनेट र बढिमा ७ मिनेटको भिडियो खिचेर पठाउनुपर्ने जानकारी छ । आफ्नो नाम र ठेगाना स्पष्ट उल्लेख हुनुपर्नेछ फेसबुक तथा युट्युवमा अपलोड गरिएको १५ दिनभित्र प्राप्त भएका प्रतिक्रियालाई मान्य हुने छ ।

पालम आयोजकको आधिकारिक इमेल आइडी yakthungculturalgroup@gmail.com र बिमला तुम्खेवा (९८०५३८७३५१) सागर सरगम चेम्जोङ ( ९८००९६००९६) वा आयोजकको आधिकारिक पेज https://www.facebook.com/YakthungCulturalGroup/ मा पठाउन सकिनेछ ।

प्रतियोगिताका निर्णायकहरु चर्चित गायिका मनु नेम्बांग ,यासेली योङहाङ र झुमा लिम्बु रहनेछन् ,प्रतियोगितामा कुनै  विवाद उत्पन्न भएमा अन्तिम निर्णय आयोजक र निर्णायक मण्डलको हुनेछ ।

पालम प्रतियोगितामा विजेतालाई नगद ३० हजार र प्रमाण–पत्र सहित एउटा पालम निशुःल्क रेकर्ड गर्न पाउनेछन् भने दित्तीय र तृतीयले २५ हजार, २० हजार र प्रमाण–पत्र पाउने संयोजक बिमला तुम्खेवाले बताईन ।

प्रतियोगीमा सहभागी पालमलाई सामाजिक सन्जालबाट प्राप्त प्रतिक्रियाबाट ४०% र निर्णायक मन्डलबाट ६०% अंक प्राप्त गर्नेछ । पालम जेष्ठ ३० गते सम्ममा जम्मा गर्ने र विजेताको घोषणा साउन १ गते सिसेक्पा तङ्नामको अवसरमा सार्वजानिक गर्ने पनि आयोजकले जनाएको छ । कार्यक्रमको लागि हालसम्म युकेका विश्वासदीप तिगेला, हङकङका रोशन यक्सो र चौबिसे संयक ढाका उद्योग धरानले प्रायोजन गरेका छन् ।

पालाम लिम्बू समुदायको लोकप्रिय मौलिक कला संस्कृति हो । विभिन्न चाडपर्व, मेला महोत्सव, विवाह, सुद्धाई जस्ता कर्मकार्यमा धान नाच्ने गरिन्छ । केही वर्ष अघिसम्म विरलै रुपमा देखिने धान नाच अहिले पूर्वका हरेक मेला, महोत्सव र विवाह जस्ता कार्यमा देख्न पाइन्छ ।

पछिल्लो समयमा धान नाचप्रति युवा पुस्ताको आकर्षण समेत बढ्दै गएको छ । कहिलेकाहीँ विदेशी पर्यटकसमेत आकर्षित हुँदै हात समाइ धान नाच्ने गरेको देख्न पाइन्छ । धान नाच्दा पालाम अनिवार्य गाउने गरिन्छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु