adv

पूर्वी सीमावर्ती भारतीय नाका पानीट्यांकीमा अलपत्र नेपालीलाई जेठ ५ गतेबाट नेपाल ल्याइने

झापा,३ जेष्ठ  ।  नेपालको पूर्वी काँकरभिट्टा सीमावर्ती भारतीय नाका पानीट्यांकीमा अलपत्र अवस्थामा रहेका नेपालीलाई जेठ ५ गते सोमबारबाट नेपाल ल्याइने भएको छ।

शनिवार प्रदेश १ का मन्त्रीहरु, स्थानीय तहका जनप्रतिनिधि तथा सुरक्षा निकायका अधिकारीहरुबीच भएको छलफलले सीमावर्ती भारतीय नाका पानीट्यांकीमा अलपत्र अवस्थामा रहेका नेपालीहरुलाई नेपाल आउन दिने निर्णय भएको हो।

उनीहरुलाई ल्याएर स्वास्थ्य परीक्षण गरेपछि कोरोना नभएको निश्चित गरेर मात्रै गन्तब्यसम्म जान दिइने प्रदेश १ का आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले जानकारी दिए।

अन्य जिल्लाका नेपालीहरुलाई कोरोना भाइरस संक्रमण नभएको सुनिश्चि भएपछि जिल्लाका सदरमुकामसम्म पुर्याउने व्यवस्था गरिने निर्णय भएको छ।

होल्डिङ एरियाको रुपमा मेचीनगर नगरपालिकाले तयार गरेका स्थान, भद्रपुरको मेची बहुमुखी क्याम्पस, कलबलगुरी लगायत स्थानीय पालिकाका क्वारेन्टिन प्रयोग गरिने जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पार्तेलले जनाए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु