adv

वेभ सिरिज ‘डियर लभ’ सार्वजनिक (भिडियोसहित )

काठमाडौं,३ जेष्ठ । रुबुशा क्रियटिभ वर्कसको प्रस्तुतिमा गायक रुकमान लिम्बुको निर्माण रहेको नेपाली कथानक वेभ सिरिज ‘डियर लभ’ सार्वजनिक भएको छ।

प्रेमकथामा आधारित ‘डियर लभ’ शनिबार पहिलो एपिसोड गायक तथा मोडलसमेत रहेका रुकमानकै अफिसियल  यु–ट्युब च्यानल ‘रुबुशा क्रियटिभ वर्कस”मा अपलोड गरिएको छ । ‘डियर लभ’को यसअघि नै टिजर रिलिज भएको थियो ।

रुकमान लिम्बूको निर्माण र विवेक रसाइँलीको कथा तथा निर्देशन रहेको ‘डियर लभ’मा दिप्सन भट्टराई, करिना कक्षपति, रश्मि भट्ट, रविन बोगटी, किरण चन्द, कल्याण थापा, इशिका जबेगु, पेम्बा क्षिरिङ शेर्पा, लेविस थापा, केदार श्रेष्ठ ,बिशाल घिमिरे, लक्ष्मी बोहोरा लगायतका कलाकारले अभिनय गरेका छन् ।

पछिल्लो समय युवापुस्तामा देखिएको प्रेमभावलाई समेटिएको “डियर लभ ‘रुपेश थापाको छायाँकन र रामप्रसाद चौधरीको सम्पादन रहेको छ ।

कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामको लागि जारी गरिएको लकडाउनलाई मध्यनजर गर्दै ,दर्शक श्रोताको मनोरन्जनको लागि “डियर लभ ‘ सार्बजानिक गरिएको यस सिरिजका निर्माता तथा गायक रुकमान  लिम्बु बताउछन् । यो सिरिजको जम्मा १० एपिसोडसम्म रहेको छ र अबको  १० सातासम्म आउनेछ । (भिडीयो )

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु