adv

नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुग्यो,आइतबार बिहान १० जनामा कोरोना पुष्टि

काठमाडौं,४ जेष्ठ । नेपालमा थप १० जनामा कोरोना पुष्टि भएको छ। यो संगै संक्रमितको संख्या २९१ पुगेको  छ ।

शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बिहान विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

आइतबार बिहान संक्रमण पुष्टि हुनेमा सबै रौतहटका बासिन्दा हुन् । रौतहटको राजपूर नगरपालिका–९ फरहदवाका १८, ३२, ३६, ३९ (दुईजना), ४२ र ४८ वर्षका पुरुष तथा रौतहटकै इशनाथ नगरपालिका–३ र ५ का २८, ३० र ३३ वर्षका पुरुष रहेको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकराीले बताएका छन् ।

आइतबार संक्रमण पुष्टि भएका सबै १० जना हाल स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

अहिलेसम्म नेपालमा एकजनाको कोभिड–१९ बाट ज्यान गएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु