काठमाडौँ,३ जेष्ठ । नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा धुनुषाका २० र ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कारोना संक्रमितको संख्या २ सय ८१ पुगेको छ।

