काठमाडौं,५ जेठ। विश्वभर कोरोना भाइरस (कोभिड-१९) का १८ लाखभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।
यो समाचार तयार पार्दासम्म कोरोना भाइरसका बारेमा ताजा जानकारी दिने एप वल्ड़ोमिटरका अनुसार अहिलेसम्म विश्वभर १८ लाख ६० हजार २ सय १६ संक्रमित निको भएर घर फर्किएका हुन् ।

अहिलेसम्म विश्वभर संक्रमितको संख्या ४८ लाख ५ हजार ५५४ पुगेको छ । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा १५ लाख २७ हजारभन्दा ६६४ जना संक्रमित भेटिएका छन् । त्यस्तै रुसमा दुई लाख ८१ हजार ७५२ मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
अहिलेसम्म कोरोना भाइरसको कारण विश्वभर तीन लाख १६ हजार ७५३ जनाको मृत्यु भएको छ ।
सबैभन्दा बढी अमेरिकामा ९० हजार ९७८ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ भने बेलायतमा मृत्यु हुनेको संख्या ३४ हजार ६३६ को मृत्यु भएको छ । इटालीमा पनि ३१ हजार ९०८जनाको मृत्यु भएको छ । स्पेनमा २७ हजार ६५० र फ्रान्समा २८ हजार १०८ को मृत्यु भएको छ ।

