काठमाडौं,५ जेष्ठ । नेपालमा कोरोना संक्रमित पत्रकारको संख्या ५ पुगेको छ । बारामा फेरी थप एक जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएसंगै संक्रमित पत्रकारको संख्या ५ पुगेको हो ।
सोमबार बिहान बारा, कलैयामा रहेको संस्कार एफएममा कार्यरत रहेका एक जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण भएको पाइएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

संक्रमित पत्रकार करैयामाई गाउपालिका वडा नम्बर ५ निवासी ३८ वर्पीय पुरुष हुन्।
संक्रमित पत्रकारलाई कलैयामा रहेको जिल्ला अस्पतालको आइसोलेशनमा ल्याउने तयारी भइरहेको मिश्रले बताए।
यसअघि पर्सामा दुईजना,जनकपुर र उदयपुरमा एक/एक जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

