adv

मेचीनगरका २६ विपन्न परिवारलाई खाद्यान्न राहत वितरण

झापा,५ जेष्ठ । झापा मेचीनगरका समाजसेवी हर्क फ्याकले दाताको सहयोग एवम् समन्वयमा २६ घर परिवारलाई  राहत उपलब्ध गराएका  छन्  ।

विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका सरकारले लकडाउन घोषणा गरेको छ । लकडाउनका कारण बिपन्न र दैनिक ज्यालादारी गर्ने सवै भन्दा मर्कामा परेका छन् । ती मजदुरी गरी विहान बेलुकी छाक टार्न समस्यमा परेका मेचीनगर ६ का २६ घरपरिवारलाई राहत स्वरुप खाद्यान्न उपलब्ध गरिएको हो ।

सोमबार प्रत्येक परिवारलाई २५ केजीका दरले चामल उपलब्ध गरिएको समाजसेवी फ्याकले बताए ।

उक्त खाद्यान्न खरीदका लागि रकम हंगकंग निवासी अस्मिता योंगहांग लिंदेनले उपलब्ध गराएकी हुन् । उनले नगद ३० हजार रुपैया मेचीनगरका समाजसेवी फ्याकलाई पठाएकी हुन् ।

लकडाउनका कारण मेचीनगरमा दैनिक ज्यालादारी गरी जिविका चलाउने परिवारलाई सहयोग गर्न पाएकोमा खुशी लागेको दाता योगहागंले बताएकी छिन् । बन्दाबंदिको समयमा सहयोगी मन र हातले दिएको रकम सदुपयोग गर्न पाएकोमा हर्सित भएको समाजसेवी फ्याकले बताएका छन् ।

फ्याक काकरभिट्टा खानेपानी संस्थाका अध्यक्ष, किराँत याक्थुगं चुम्लुगं मेचीनगरका पूर्व अध्यक्ष तथा दर्जनौ सामाजिक संघसंस्थामा आबद्ध छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु