काठमाडौं,५ जेष्ठ । नेपालमा सोमबार थप ५३ जनामा कोरोनाको संक्रमणपुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले मिडिया ब्रिफिङमा थप नयाँ ५३ जना संक्रमित थपिएको जानकारी दिए ।
संक्रमितहरु बाँकेको ४६ जना पुरुष र १ महिला,त्यस्तै मोरङमा १, गुल्मीमा १, धनुषामा १, रौतहटमा १, दाङमा १ र धादिङमा १ जना रहेका छन् ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुगेको छ ।
हालसम्म ३६ जना निको भएका छन् भने २ जनाको कोरोना बाट मृत्यु भएको छ।

