adv

मेचीनगरमा लकडाउन व्यवस्थित गर्न जोर बिजोर प्रणाली मार्फत व्यवसाय सञ्चालन गरिने

मेचीनगर ,७ जेष्ठ । झापाको मेचीनगर नगरपालिकाले लकडाउन व्यवस्थित गर्न नगरभित्र जोर बिजोर प्रणाली मार्फत व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले व्यवसाय सञ्चालन गर्न समय तालिका निर्धारण र सञ्चालन अनुमतिका लागि नयाँ व्यवस्था लागु गरेको हो ।

मेची उद्योग बाणिज्य संघसँग समन्वय गरी खाद्यन्न पसल जोर गतेका लागि कायम गरिएको छ । हार्डवयर, मोटर पार्टस, ग्यारेज, इटा बिक्री केन्द्र, ग्यास बिक्री केन्द्र विजोर गते दैनिक विहान ८ देखि दिउँसो १२ बजेसम्म मात्र सञ्चालन गर्न पाइने नगरपालिकाले जनाएको छ ।

कृषिजन्य दुध डेरी, कुखुरा, अण्डा, नर्सरी बीउविजन, र औषधिजन्य भेटनरी तथा मेडिकल पसलहरु भने नियमित सञ्चालन हुने नगरप्रमुख विमल आचार्यले बताए ।

खाद्यन्न, उद्योग तथा कलकारखानाको कच्चा पदार्थ र उत्पादित वस्तुको ढुवानीमा पास जारी गरीरहनु नपर्ने र र्निवाध रुपमा सञ्चालन गर्न सकिने उनले बताए ।

नगररपालिकाको कार्यालयसँग समन्वय गरी नदीजन्य पदार्थ विहान ६ देखि साँझ ६ बजेसम्म ओसारपसार गर्न सकिने छ ।  त्यसका लागि नगरपालिकाबाट आयोजना स्थल र लोेड गरिने स्थल तोकिएको पास अनिवार्य लिनु पर्ने सामाजिक विकास अधिकृत अनन्तप्रकाश वस्तीले बताए ।

यसैगरी, नगरपालिकाभित्र सञ्चालित वित्तिय संस्थाहरुले बैंक सहकारी तथा फाइनान्सहरुलाई आधा–आधा गरी जोर–विजोर गते सञ्चालनको व्यवस्था मिलाईएको छ ।

बैंक कर्मचारीहरुका हकमा बैंकर्स एशोसिएशनको पास र फाइनान्स तथा सहकारीहरुको हकमा नगरपालिकाले पास जारी गर्ने जनाएको छ  ।

EPSON MFP image
Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु