adv

काेराेनाले जुराएकाे पारिवारिक सामिप्यता

विश्वभरि नै फैलिएको (कोभिड १९ ) कोरोना भाइरसका कारण हाम्रो देश ५८ दिनदेखि लकडाउन मा छ तसर्थ हामी हिजोको दिन भन्दा केहि कठिन परिस्थिमा छौ ।

हाम्रो दैनिकी र वाच्ने जीवनशैलि फरक भएको छ । हामी सबैलाई लकडाउन भाइरस नियन्त्रण गर्ने राम्रो उपाय लागेर नै होला, यो नियम पालना गरिरहेका छौ । अझै केही दिन थप पनि भैरहेको छ, अझै पनि घरमै वसौ, प्रविधिको कारण घरभित्रको आफ्नोलाई टाढा र वाहिरको पराइलाई आफ्नो वनाएको हाम्रो वानी सुधारौ र परिवारसँगकाे सामिप्यता बढाऔ ।

घरको सबैभन्दा वृद्ध वाजेवोजुहरुको जीवन भोगाइहका कुराहरु सुनौ, आमा र वुवाको संघर्षका कुराहरु सुनौ र मनन गरौ, दाजु भाइ र दिदि बहिनीसँग जसरी मनोरञ्जन मिल्छ त्यसरी समय विताउ, व्यस्त जीवन शैली बिताइरहेका धेरै जना हुन्छौ । यो समयमा स-परिवार सङ्गै खाना खाऔ, सबै सङ्गै वसेर एकर्काको कुरा सुनाऔ आफुले आफुलाइ चिन्ने साथै परिवारको आवश्यकता र चाहाना बुझ्ने एउटा राम्रो अवशर सम्झिउ के थाहा फेरि फेरि यस्तो फुर्सदको समय आउला नआउला ।

यो विषम परिस्थिती भएतापनी मैले त हरेक दिन विशेष वनाइरहेकी छु । पुरानो दिनहरु भन्दा दैनिकिमा परिवर्तन आएको छ । सुत्ने र उठ्ने समय पटकै मिलेको छैन । तर पनि मनमा पहिला जस्तो हतास हुदैन । केही बितेको महशुस हुदैन । गाउँमा यतिका लामो समय बस्ने अवसर कहिले पाएकि थिइन । यो वर्ष भने ढुक्कका साथ वस्न पाएकी छु । कति काम हरु वल्ल सिकिरहेको छु । दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या र मृत्यु हुनेको सङ्ख्या बढेको सुनेर पक्कै पनि मन आत्तिरहेको अवस्था त छ नै तर, नआत्तिउ सचेत रहौ । आशा गरौ सुनौलो दिन पक्कै चाडै आउने छ ।

( लेखक राई महेन्द्र बहुमुखी क्याम्पस धरानका आमसञ्चार र पत्रकारिता अध्ययन बिषयका बिद्यार्थी हुन । )

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु