झापा,७ जेष्ठ । नेपालमा थप पाँच जनालाई कोरोना संक्रमण देखिएको छ ।
संक्रमितहरु धनकुटाका तीन स्वास्थ्यकर्मी, एक स्वास्थ्यकर्मीका श्रीमान् र एक प्रहरी रहेको मेडिकल सुपरिटेन्डेन्ट डा.पुजन विश्वकर्माले जानकारी दिए ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार गरिएको परिक्षणमा ५ जनामा संक्रमण पुष्टी भएको हो ।

उनका अनुसार स्वाबको नमुना लिइएपछि नै उनीहरुलाई जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखिएको हो ।
जिल्ला अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा आइतबार कोरोना संक्रमण पुष्टि भएपछि सोमबार ८३ जनाको परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । जसमध्ये ६७ जनाको परीक्षण गर्दा ५ नयाँ संक्रमित पुष्टि भएको मेसु विश्वकर्माले जानकारी दिए ।
यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४०९ पुगेको छ ।

