adv

नेपालमा कोरोनाबाट निको हुनेको संख्या ४५ ,आज ८ जना डिस्चार्ज भए

विराटनगर, ७ जेष्ठ  । मोरंगको विराटनगरस्थित कोशी अस्पतालको कोरोना उपचार केन्द्रबाट ८ जना संक्रमित सफल उपचारपछि डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा उदयपुरका ४६ वर्षीय मोहम्मद इद्रिस, ४० वर्षीय मोहम्मद सनौला र २८ वर्षीय मोहम्मद साविर रहेको केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिए  ।

त्यसैगरी पाँचजनामा भुल्केको मस्जिदमा रहेका भारतीय जमाति ६६ वर्षीय मुस्ताकिन, मोहम्मद सईद, २५ वर्षीय मलिन खान, २२ वर्षीय सलमान खान, र १८ वर्षीय गुड्डु रहेको केन्द्रले जनाएको छ।

भुल्केस्थित नुरी मस्जिदमा बस्दै आएका ती पाँचै भारतीय कोरोना संक्रमण पुष्टि भएपछि वैशाख ५ गते उपचार केन्द्रमा भर्ना भएका थिए । अन्य तीन स्थानीयमध्ये दुई जना वैशाख ९ र एक जना वैशाख १० गते भर्ना गरिएका थिए ।

प्रदेश १ मा सफल उपचारपछि डिस्चार्ज हुने संक्रमितको संख्या २६ पुगेको छ भने  देशभर निको हुनेको संख्या ४५ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु