adv

लकडाउन थप कडा गर्न बिर्तामोड नगरपालिकाले सार्वजनिक गर्यो निर्णय

झापा,८ जेष्ठ । झापाको बिर्तामोड नगर कार्यपालिकाले जारी लकडाउनलाइ थप कडा गर्न आफ्ना निर्णयहरु सार्वजनिक सूचनामार्फत् कार्यान्वयनमा ल्याएको छ ।

नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले हस्ताक्षर गरी आज जारी गरिएको अपीलमा यस क्षेत्रमा प्रवेश गर्न र आवात जावतलाई पूर्ण रुपमा बन्द गरिएको बताइएको छ ।

नगर कार्यपालिकाको बुधवार बसेको बैठकले गरेको निर्णय कार्यान्वयन गर्दै लकडाउनलाई कडाईपूर्वक पालना गर्न नगरपालिकाले नगरवासीलाई अपील गरेको हो । पास विनाका सवारी सञ्चालनमा पूर्णतया रोक लगाइने अपीलमा उल्लेख छ ।

स्वास्थ्य तथा कृषि बाहेकका सबै सेवा अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने ,अस्पताल, औषधि पसल, शव बाहन र एम्वुलेन्सको सेवा नरोकिने निर्णय भएको नगरप्रमुख ध्रुवकुमार सिवाकोटीले बताएका छन् ।

दुग्ध उत्पादन विक्रि वितरण, बीउबीजन र मलको उत्पादन तथा बिक्री वितरणमा कुनै रोक लगाइएको छैन भने पशु उपचार सेवामा पनि छुट दिने निर्णय नगरपालिकाले सार्वजनिक गरेको अपीलमा उल्लेख छ ।

घुम्ती सेवामार्फत बिहान ८ देखि १२ सम्म तरकारी बिक्री गर्न पाइनेछ ।

नगरभित्र सञ्चालन भइरहेका विकास आयोजनाको काम भने नरोकिने भएको छ । ती आयोजनामा मालसमान ढुवानी गर्नुेपर्ने भएकाले त्यस्ता सवारीलाई नगरपालिकाले पास उपलब्ध गराउनेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु