काठमाडौं,८ जेष्ठ । नेपालमा बिहीबार ९ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार बिहीबार ९ कोरोना संक्रमित थपिएका हुन्।
उनीहरूमध्ये रुपन्देही १ र झापामा ८ जना पुरूष छन् । उनका अनुसार रुपन्देहीका २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । उनी श्रीलंकन गेस्ट हाउस क्वारेन्टाइन लुम्बिनीमा रहेका थिए भने झापाका १७ वर्षीय पुरुष, १८ वर्षीय दुई जना पुरुष, २० वर्षीय २ जना र २३, ५२ र ५५ वर्षका पुरुषमा संक्रमण देखिएको हो । उनीहरु सबै लक्ष्मी देवकोटा मावि क्वारेन्टाइन कचनकवल झापामा रहेका थिए ।
संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।
यो सँगै झापामा ३५ जना र नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ। अहिलेसम्म ४९ जना संक्रमित निको भएका छन्। भने ३ जनाको मृत्यु भएको छ ।