
काठमाडौं,९ जेष्ठ । नेपालमा थप २१ जना कोरोना संक्रमितहरु निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
बाँकेको खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका २१ जनालाई शुक्रबार बिहान डिस्चार्ज गरिएको हो ।
निको हुनेहरुमा जिल्लाकै पहिलो कोरोना संक्रमित नेपालगन्ज उपमहानगरपालिका–८ का ६० वर्षका धर्मगुरु सहित रहेका छन् ।

अस्पतालका प्रमुख डा. प्रकाश थापाका अनुसार ‘आइसोलेसनमा उपचार गराइरहेका २८ जनामध्ये २१ जनामा पछिल्लो २४ घण्टाभित्र दुईपटक गरिएको पीसीआर टेस्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो,भने बाँकी ७ जनाको पनि स्वास्थ्य अवस्था सामान्य नै छ ।
यो संगै नेपालमा कोरोनाबाट हालसम्म ७० जना निको भएका छन् ।३ जनाको मृत्यु भएको छ भने कोरोना बाट संक्रमितको संख्या ४८७ पुगेको छ

