adv

मेचीनगरमा भारतबाट आएका ३ सय बढीको कोरोना परीक्षण गरिने

काँकरभिट्टा,९ जेष्ठ । झापाको काँकरभिट्टामा  आज एकैपटक तीन सय  बढीको कोरोना संक्रमणको परीक्षण गरिने भएको छ ।

बिहिबार राति भारतबाट भारतबाट काँकरभिट्टा भित्रिएका तीन सय बढी नेपालीहरुको एकैपटक कोरोना परीक्षण गरिने मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले बताईन् ।

कोरोना जाँच्ने द्रुत विधि आरडीटीको किट सकिएपछि नगरपालिकाले प्रदेश सरकारसँग किट मागेको छ ।आइपुग्नासाथ परीक्षण सुरु गरिने  तीन सय जनाको आजै  कोरोना परीक्षण गरेर उनीहरुलाई सम्बन्धित  जिल्ला पठाउने उपप्रमुख उप्रेतीले बताइन् ।

हाल उनीहरुलाई  मेचीनगरको काँकरभिट्टा माविको होल्डिङ सेन्टर र इटाभट्टाको आदर्श मावि क्वारेन्टाइनमा राखिएको छ ।

भारतमा रेल चल्न सुरु भएसंगै धेरै नेपालीहरु सीमा नाकामा अलपत्र पर्नुका साथै नेपाल भित्रिरहेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु