adv
Advertise Expired !

नारायणी अस्पतालमा उपचारारत ९ जना कोरोना बाट निको भएर डिस्चार्ज भए

काठमाडौं ,१० जेष्ठ । नेपालमा थप ९ जना कोरोना संक्रमितहरु  निको भएर शनिबार अस्पतालबाट डिस्चार्ज भएका छन्।

नारायणी अस्पतालको आइसोलेशनमा उपचार गराइरहेका ७१ जना संक्रमित मध्ये ९ जना निको भएर डिस्चार्ज भएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए।

डिस्चार्ज हुनेहरु भारतीय नागरिकका साथै पर्सा वीरगञ्ज महानगरपालिकाका ३ जना पुरुष, बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ का र सिम्रौनगढ–१ का दुई जना पुरुष र रौतहट जिल्लाका तीन जना पुरुष रहेका छन्।

शनिबार डिस्चार्ज भएका भारतीय नागरिक र रौतहटका एक युवक यसअघि नै अस्पतालबाट डिस्चार्ज भएका थिए। तर फेरि उनीहरुमा  संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको थियो।

डिस्चार्ज गरिएका ९ जनाको परीक्षण गर्दा लागातार दोस्रो रिपोर्ट नेगेटिभ आएकोले उनीहरुलाई डिस्चार्ज गरिएको डा. सिंहले बताए।

नेपालमा कोरोना बाट३ जनाको मृत्यु भएको छ भने कुल संक्रमित संख्या ५८४ पुगेको छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु