झापा, १० जेष्ठ । झापाका २५ जना पत्रकारहरुको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
पहिलो चरणमा गरिएका झापाका २५ जना पत्रकारहरूको पीसीआर रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य कार्यालय झापाका प्रमुख इश्वरी पौडेलले जानकारी दिए ।

गत बुधबार पत्रकार महासंघ झापाको कार्यालय बिर्तामोडमा पीसीआर विधिबाट पत्रकारको कोरोना जाँच गरिएको थियो ।
अहिले देशमा विभिन्न स्थानमा पत्रकारहरुलाई कोरोना संक्रमणको पुष्टि भैरहेको छ । फ्रन्ट लाइनमा काम गर्ने पत्रकारहरु अझ उच्च जोखिममा रहेका छन् ।

