काठमाडौँ, ११ जेष्ठ । नेपालमा आइतबार थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ६०३ पुगेको छ।
संक्रमित हुनेमा झापाका एकजना ,बाराका एकजना, पर्साका तीनजना, रौटहटका एकजना, सर्लाहीका एकजना, रुपन्देहीका तीनजना र काठमाडौंका एकजनामा ,नुवाकोटका एकजना, रुपन्देहीका तीनजना, कपिलवस्तुका तीनजना र गुल्मीका एकजनामा संक्रमण देखिएको देखिएको बताए । ।
हालसम्म कोरोना संक्रमण ४२ जिल्लामा फैलिसकेको छ जसमा आइतबार पहिलोपटक नुवाकोटमा संक्रमण देखिएको छ ।नेपालमा ८७ जना संक्रमण निको भएर घर फर्किसकेका छन् भने ३ जनाको मृत्यु भएको छ।