adv

नेपालमा थप ७ जनामा कोरोना पुष्टि,संक्रमित संख्या ६८२ पुग्यो

काठमाडौँ ,१२ जेष्ठ । नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  संक्रमितहरु अछाम, बदिर्या, बारा र पर्साका गरी ७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सेती प्रादेशिक अस्पताल, भेरी अस्पतालमा,र नारायणी अस्पतालमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थपिएका नयाँ संक्रमितहरुमध्ये अछामका १, बर्दियाका ३ जना, पर्साका १ जना, बाराका १ जना र बाराका मृतक वृद्ध गरी ७ जना रहेको बताए । सोमबार बिहान मात्रै ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

यो संगै नेपालमा संक्रमितको संख्या ६८२ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु