adv
adv

बलिउड अभिनेता किरण कुमारलाई कोरोना भाइरसको संक्रमण

काठमाडौँ, १२ जेष्ठ । बलिउडका  चर्चित अभिनेता किरण कुमारलाई कोरोना भाइरसको संक्रमण भएको छ।

७४ बर्षिय बलिउड कलाकार किरण कुमारलाई  मे १४ मा भाइरस संक्रमण देखिएको हो । अभिनेता किरणले भारतीय मिडिया न्यूज १८ लाई बताए अनुसार उनी यस महिनाको सुरूमा एक सामान्य चिकित्सा प्रक्रियाका लागि अस्पताल गएका थिए।

उनमा कोरोनाको कुनै पनि लक्षण देखिएको थिएन तर  परीक्षण पछि कोरोना भाइरसको एन्टीबडी देखिएको हो । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अहिले उनी आफ्नै घरमा क्वारेन्टाइनमा छन् ।

कोरोना पोजिटिभ देखिएको १० दिन भैसक्दा पनि आफूमा कुनै लक्षण नदेखिएको किरण कुमारले बताएका छन् ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु