adv

लिपुलेक,कालापानी र लिंपियाधुरा हाम्रो नै थियो र हाम्रो नै रहन्छ -गायक छेवांग लामा

झापा,१२ जेष्ठ । नेपाल र भारत बीचको सीमा बिबादको बिषयलाई लिएर यतिबेला  सबैले आ आफ्नो तर्क राखिरहेका छन् । भनौ एतिबेला नेपाल भारतको सीमा बिषयले सामाजिक संजाल तातिरहेको अवस्था छ ।

यसै बिचमा पछिल्लो समयमा युवामाझ चर्चित तथा अत्यधिक रुचाइएका गायक छेवांग लामाले पनि आफ्नो देशप्रतिको माया ब्यक्त गर्दै सारा नेपाली एकजुट भएर अगाडी बढ्न जरुरि रहेको बताएका छन् ।

उनले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा लेखेका छन्   “सायद आफ्नो देशप्रति धेरै माया भएर नै होला अरू कसैले हाम्रो देशको भुभागलाई उनिहरूको भन्दा र हाम्रो देश नेपाल र नेपाली को नानाभाति खण्डन गर्दा रगत उम्लेर आउने । हामी मान्छौ हाम्रो देश सानो र गरीब छ तर यसको मतलब यो होईनकी हामी अर्काको हेपाइ सहेर बस्छम । बिश्वमा अहिलेसम्म कुनैपनि रास्ट्रको गुलाम बनेर नबसेको देशहरुमद्धे एक देश हो हाम्रो नेपाल र हामी गौरब गर्छौ यो कुरामा ।

उनि अगाडी लेख्छन ”  लिपुलेक, कालापानी र लिंपियाधुरा हाम्रो नै थियो र हाम्रो नै रहन्छ यसमा कुनै संका नै छैन। हामी हाम्रो सरकारले चालेको यो ठुलो कदमलाई हृदयबाट नै सम्मान र समर्थन गर्छौ । अब नक्सामा मात्रै भुमी फिर्ता ल्याएर हुदैन बास्तबिक जिबन पनि देशको गुमेको भुभाग फिर्ता ल्याउनु पर्छ, तेसको लागी देशको सरकार मात्रै होइन हामी सारा नेपाली एक जुट भएर अगाडी बड्नु जरुरी छ र हामी देशको एउटा साधरण नागरिको हैसियतले हाम्रो देशको सरकारलाई यो प्रतिबधता गर्छौ कि, जस्तोसुकै परिस्थितिमा पनि नेक कार्यको लागी सरकारलाई समर्थन गर्न हामी सदैब तयार रहने छौ । सलाम छ हाम्रो सरकारलाई, सलाम छ ति सम्पूर्ण बरिस्ठ कलाकारहरूको आवाजलाई, सलाम छ ति सच्चा संचारकर्मीहरुलाई र सलाम छ सम्पूर्ण सच्चा रास्ट्राबादी नेपालीलाइ, जय देश, जय नेपाल ।

“Whatever i have written above is just my feelings that i wanted to share, being as a normal Nepali citizen. No offense to India & Indian citizens. Let’s not fight against each other, we are brothers and would always like to remain brothers. There are many other ways to settle/resolve the current dispute. Lets hope for the best for our relationship.
Please do correct me if i am wrong about any of the sentences that i have made above.
Once again, जय देश, जय नेपाल । “

गायक लामाको लाहुरे १ को “कस्तो हो माया तिमि संग बस्यो ” र लाहुरे २ को “आउदैछु मा “आदि गीतहरु चर्चित छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु