काठमाडौं ,१३ जेष्ठ । बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जोहर आइसोलेशनमा गएका छन् ।
घरमा काम गर्ने दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि करण पनि १४ दिनसम्मका लागि आइसोलेशनमा गएका हुन् ।
संक्रमण पुष्टि भएका दुवै कामदारलाई सोही घरको एक भागमा क्वारेन्टिनमा आफ्नो ट्वीटर मार्फत जानकारी दिएका छन् ।
उनले लेखेका छन्, ‘परिवारका सबै सदस्य र अरु सहयोगीहरुको पनि परीक्षण गरिएको छ । रिपोर्ट नेगेटिभ आयो । तर वरपरका मानिसको सुरक्षाका लागि अबको १४ दिन हामी आइसोलेशनमा रहने छौँ ।यो अप्ठ्यारो समयमा सबै जना घर बसौं र सुरक्षित रहौं ।”