adv

मेलिना राईद्वारा संगीतकार संघलाई १ लाख र बिपन्न परिवारलाई खाधान्न राहत सहयोग

काठमाडाै, १३ जेठ । गायिका मेलिना राईले संगीतकार संघ नेपाललाई १ लाख रूपैयाँ सहयाेग गरेकि छिन् । गायिका राईले मंगलबार संगीतकार संघ नेपालाई १ लाखकाे चेक हस्तान्त्रण गरेकी हुन् ।

काेराेना भाइरस राेकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेकाे लडाउनका कारण असंगठित दैनिक ज्याला मजदुरी मात्र हाेइन सबै क्षेत्र प्रभावित बनेकाे छ । जसमा संगीत क्षेत्रमा पनि यो अवस्थाले श्रष्टा ,संगीतकार ,रेकर्डिस्ट ,गायक गायिका, बाध्यबाधक पिडित बनेका छन् । समस्यामा परेका श्रष्टाहरूलाई सहयाेग गर्नु पाउँदा खुसी लागेकाे गायिका मेलिना राई बताउछिन् । उनि भन्छिन् – आफु पनि लक्डाउनका कारण घरमा नै बसिरहेकी छु, यस्तो परिस्थितिमा आफ्नो तर्फबाट सानो सहयोग गर्न पाउदा आफुलाई एकदम खुसि लागेको छ ।

श्रष्टाहरूलाई संघले आफ्नाे नाम, ठेगाना र सम्पर्क नम्बर समेत टिपाउन आग्रह गरेका छन् । संगीत क्षेत्रमा याेगदान पुर्याउदै आएका श्रष्टाहरूलाई राहत स्वरूप उपहार प्याकेज प्रदान गर्ने संघका अध्यक्ष शान्तिराम राईले बताए । संगीतकार संघ नेपालका संगीतकार संघ नेपालले लकडाउनका कारण सिर्जनशिल श्रम गरेर परिवार र आफु पालिन्दै आएका श्रष्टाहरूलाई समस्या परेकाे अवस्थामा सहयाेग पुर्याउने उदेश्यले सहयाेग अभियान चलाइरहेकाे छ ।

त्यस्तै संघीय राजधानी काठमाडौमा निर्वाचन क्षेत्रका नागरिकलाई राहत बाड्दै हिडेका सांसद सुदन किरातीलाई गायीका मेलिना राईले समेत साथ दिएकि छिन् । गायीका राईले सांसद किरातीले गरिरहेको राहत सहयोगमा ३३ बोरा चामल रु ५० हजार बराबरकाे सहयाेग गरेकि हुन् ।

लकडाउनले काठमाडौमा थुनिएर बस्नुपरेपछि धेरैको लागि दैनिक छाकटार्ननै समस्या हुन थालेकाले सांसद किराती घरडेरामा चामल बोकेर पुग्न थालेका थिए । काेराेनाका कारण निम्त्याएको संकटबाट प्रभावितलाई सहयोग गर्न निरन्तर तल्लिन सांसदको लागि आफ्नो तर्फबाट थोरै सहयोग गरेकाे र आफ्नो सानो सहयोगले सांसद किरातीको महाअभियानमा जोडिन पाउँदा खुसि लागेको बताएकि छिन् ।

गायिका राईले काठमाडाैकाे सुन्दर टाेलमा सडकका अलपत्र मानिसहरुलाई खाना खुवाउने १ हप्ते अभियानमा समेत सहयाेग गरेकि छिन् ।

Advertise Expired !

One thought on “मेलिना राईद्वारा संगीतकार संघलाई १ लाख र बिपन्न परिवारलाई खाधान्न राहत सहयोग

  1. Namaste Sewaro melina Di please helf grdinu hy mo dherai problem ma xu molai poisa ko dherai khaxo pore ko xo

Leave a Reply

सम्बन्धित शीर्षकहरु