adv

नेपालमा थप ९० जनामा कोरोना पुष्टि,संक्रमित संख्या ७७२ पुग्यो

काठमाडौँ ,१३ जेष्ठ । नेपालमा थप ९० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा ९० संक्रमित थपिएका जानकारी दिए ।

मंगलबार संक्रमण पुष्टि हुनेहरुमा कपिलवस्तुका २६, रौतहटका २२ जना, सुर्खेतका १२, बाँकेका ८, सिरहाका ५, बाराका ३, महोत्तरी, जुम्ला, गुल्मी, अर्घाखाँची र स्याङ्जाका २/२ र धनुषा, रुपन्देही, कैलाली र अछामका एक/एक जना छन् ।

यो सँगै मुलुकका ४६ जिल्लामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ । अहिलेसम्म नेपालमा १५५ जना कोरोना संक्रमित उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु