adv

धम्कीपूर्ण विज्ञप्ती जारी गर्ने विद्यालयलाई विज्ञप्ती फिर्ता लिन पत्रकार सम्बद्ध संगठनहरुकाे आग्रह

झापा, १३ जेठ ।  समाचार लेखेको विषयलाई कारण बनाउँदै मिडियाविरुद्ध धम्कीपूर्ण विज्ञप्ती जारी गर्ने एक विद्यालयलाई विज्ञप्ती फिर्ता लिन पत्रकार सम्बद्ध विभिन्न संगठनहरुले आग्रह गरेका छन् ।

दमक ९ स्थित सरस्वती माध्यमिक विध्यालयले जेठ १२ गते विज्ञप्तती जारी गरेर आफ्नो विध्यालयका प्रधानाध्यापक, शिक्षकहरुका विरुद्ध समाचार लेखेको भन्दै सप्तरङ्गी एफएम र कमल खबर डटकम लगायत सन्चार माध्यमविरुद्ध विज्ञप्ती जारी गरेको थियो ।

विद्यालयले विज्ञप्तीमार््फत  आफूले लेखेको समाचार पुष्टि नगरे कानूनी कार्बाही भोग्न तयार हुनु भनी ती सन्चार माध्यमहरुलाई धम्क्याएपछि पत्रकार सम्बद्ध संगठनहरुले संयुक्त विज्ञप्ती जारी गर्दै धम्कीपूर्ण विज्ञप्ती फिर्ता लिन भनेका हुन् ।

नेपाल पत्रकार महासंघ प्रदेश १ र झापा जिल्ला शाखाका प्रतिनिधि, नेपाल प्रेस संगठन, प्रेस युनियन, प्रेस नेपालका प्रतिनिधिहरुले जारी गरेको विज्ञप्तीमा प्रसारित, प्रकाशित समाचार समाचारको सिद्धान्तका आधारमा सन्तुलित रहेको देख्ने भन्दै समाचारका विषयमा चित्त नबुझे प्रेस काउन्सिलमा जान सकिने उपाय समेत विद्ययालय पक्षलाई सुझाएको छ ।

स्वतन्त्र प्रेसमाथि धावा बोल्ने दुस्साहस नगर्न चेतावनी दिँदै विग्यप्तिमा दमक नगरपालिका शिक्षा शाखालाई घटनाको विषयमा छानबिन गर्न माग समेत गरिएको छ ।

प्रेस विज्ञप्ती जस्ताकाे तस्तै

संयुक्त प्रेस विज्ञप्ति

मिति ः २०७७ जेठ १३
मिति २०७७ जेठ ११ गते सप्तरंगी एफएममा बेलुकी ५ र ६ बजेको बुलेटिनमा प्रसारित र सोही एफएमको अनलाइन संस्करणमा प्रकाशित तथा कमल खबर डटकम लगायत मिडियाहरुमा प्रसारित ‘पूरै देश कोरोनाको संक्रमणसँग जुद्धै, दमकको सरस्वती माविका प्रधानाध्यापक भने विद्यार्थीको पुस्तकमा कमिसनको चक्करमा’ शीर्षकको समाचारको सम्बन्धमा झापा दमक ९ स्थित सरस्वती माध्यमिक विद्यालयबाट मिति २०७७ जेठ १२ मा जारी विज्ञप्तिप्रति हामी विभिन्न पत्रकार सम्बध संगठनहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।

समाचारको स्रोत, समाचार सन्तुलनको सिद्धान्त अनुसार उठान भएको समाचारको विषयमा समाचार प्रकाशन, प्रसारण गर्ने सञ्चार माध्यमहरुले आचार संहिताको पूर्णपालना गरेको देखिन्छ । यस्तो अवस्थामा निज सञ्चार माध्यमहरुलाई विद्यालयले विज्ञप्ति जारी गरेर धम्कीपूर्ण भाषा प्रयोग गरी ‘सातदिनभित्र प्रमाण सहित उपस्थित नभए कानूनी कारबाही गर्ने’ भनी स्वतन्त्र प्रेसको अस्तित्वमै धावा बोल्ने दुस्साहस गरेकोप्रति हामी घोर निन्दा र भत्र्सना गर्दछौं । दमक नगरपालिका अन्तर्गत शिक्षा शाखा मार्फत प्रेसमाथि भएको यस किसिमको दुव्र्यवहारको तत्काल छानबिन होस् भनी माग गर्दछौं ।

यसै विज्ञप्तिमार्फत यस्ता धम्की र अनर्गल प्रचारहरुको खण्डन गर्दै सम्बन्धित पक्षलाई तुरुन्त उक्त विज्ञप्ति फिर्ता लिन आग्रह गर्दछौं । समाचारका सम्बन्धमा चित्त नबुझे प्रेस काउन्सिल लगायत सम्बन्धित निकायहरुमा जान सकिने हुँदा सो बाटो अवलम्बन गर्न पनि हामी अनुरोध गर्दछौं । साथै नेपाल सरकारले लकडाउनको समयमा पुस्तक किनबेच नगर्न, कुनै पनि शीर्षकमा विद्यार्थीहरुबाट शुल्क नलिन निर्देशन गरेको अवस्था छ । यस्तो संवेदनशील विषयमा समस्त अभिभावकहरुलाई समेत सचेत रहन आग्रह गर्दै सम्बन्धित निकायहरुको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।

तपशिल ः
१. नेपाल पत्रकार महासंघ, प्रदेश नम्बर १ सदस्य बिमल लामिछाने
२. नेपाल पत्रकार महासंघ, झापा सदस्य अनिलदेव राई
३. नेपाल प्रेस संगठन, झापा सह–संयोजक टीकाराम उप्रेती
४. नेपाल प्रेस यु्नियन, माई पश्चिम अध्यक्ष विष्णु सुब्बा
५. प्रेस नेपाल, संघीय उपाध्यक्ष कमन देवान
६. नेपाल पत्रकार महासंघ, प्रदेश १ पार्षद् मिनप्रकाश उप्रेती
७. नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, झापा उपाध्यक्ष देशराज नेम्बाङ

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु